शून्य लागतमा वैदेशिक रोजगारमा जान पाउनुपर्ने माग

शून्य लागतमा वैदेशिक रोजगारमा जान पाउनुपर्ने माग

  • शुक्रबार, चैत्र १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ १९ चैत्र ।
शून्य लागतमा वैदेशिक रोजगारमा जान पाउनुपर्ने माग गर्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजालले आज धर्ना दिने तयारी गरेको छ ।

काम गर्न विदेश जाँदा सबै खर्च कम्पनीले नै व्यहोर्ने भएकाले शून्य लागतमा जान पाउनुपर्ने माग गर्दै काठमाडौंको भद्रकालीमा बिहान ९ बजे धर्ना दिने कार्यक्रम रहेको संजालले जनाएको छ ।

कुनै पनि म्यानपावर कम्पनीले पैसा लिनु भनेको मानव बेचविखनमा संलग्न हुनु जस्तै भएको भन्दै सरकारको ध्यानाकर्षण गराउन धर्ना दिन लागिएको संजालका सल्लाहकार विष्णु खत्रीले बताउनुभयो ।

सरकारले फ्रि भिसा, फ्रि टिकट लागु गरेकोमा त्यसबाट पछि नहट्न पनि संजालको माग छ । यस्तै संजालले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, विभिन्न दलका सांसद् लगायतसँग पनि यसबारे छलफल गर्ने जनाएको छ ।

यसैबीच प्रहरीले गएको फागुन १२ गते १८ म्यानपावर कार्यालयमा छापा मोरर केही सञ्चालकलाई पक्राउ गरेपछि त्यसको विरोधमा व्यवसायीले विभिन्न माग राख्दै कामदार विदेश पठाउन रोकेका थिए ।

कामदार विदेश पठाउन नरोक्न भन्दै सरकारले व्यवसायीसँग छलफल गरिरहेको छ । सहमतिको नाममा कुनै गलत निर्णय नगर्न पनि सञ्जालले सरकारलाई आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी