एजेन्सी चैत्र १८ । भारतमा जारी टी ट्वान्टी विश्वकपमा आयोजक भारतलाई ७ विकेटले हराउदै वेष्ट ईन्डिज फाईनल प्रवेश गरेको छ ।
मुम्बईमा बिहिबार राति सम्पन्न खेलमा टस हारेर व्याटीङ गरेको भारतले वेष्टईन्डिजलाई जीतका लागि १ सय ९३ रनको ठूलो लक्ष्य दिएको थियो ।
तर त्यसको जवाफी व्याटीङमा आएको वेष्ट ईन्डिजका ओपनर क्रिस गेल ५ रनमा शुरुमै आउट भए पछि उ दवावमा थियो ।
फेरी स्यामुयस्लाई भारतले ८ रनमा आउट गरे पछि संकटमा परेको वेष्ट ईन्डिजको जीतका लागि सिमोन्सले ८२ रनको योगदान दिए पछि वेष्ट ईन्डिज २ बल बाकी छदै भारतलाई पराजीत गर्न सफल भएको हो ।
वेष्टईन्डिजका जाल्र्सले ५२ रन जोडे भने रसेलले अवीजीत ४३ रन जोडे ।
भारतले बिराट कोहलीको विष्फोटक व्याटीङको मद्धमा कुल २० ओभरमा २ विकेट मात्र गुमाएर १ सय ९२ रन बनाएको थियो ।
विराट कोहलीले ४७ बलमा ८९ रन जोडे भने रोहित शर्मा ४३ र अजेन्का रहाने ४० रनमा आउट भएका थिए । कप्तान महेन्द्र सिंह धोनीले अवीजीत १५ रन जोडे । अब फाईनलमा वेष्टईन्डिज र ईङल्याण्डबीच प्रतिस्पर्धा हुने छ ।