एजेन्सी चैत्र १८ । भारतमा जारी टी ट्वान्टी विश्वकपमा आज आयोजक भारत र वेष्ट ईन्डिजबीच आज दोस्रो सेमिफाईनल खेल जारी छ । मुम्बईमा जारी खेलमा टस हारेर व्याटीङ गरेको भारतले ष्टईन्डिजलाई जीतका लागि १ सय ९३ रनको ठूलो लक्ष्य दिएको छ ।
भारतले बिराट कोहलीको विष्फोटक व्याटीङको मद्धमा कुल २० ओभरमा २ विकेट मात्र गुमाएर १ सय ९२ रन बनायो ।
विराट कोहलीले ४७ बलमा ८९ रन जोडे भने रोहित शर्मा ४३ र अजेन्का रहाने ४० रनमा आउट भएका थिए । कप्तान महेन्द्र सिंह धोनीले अवीजीत १५ रन जोडे । अब केही बेरमा वेष्ट ईन्डिजले जवाफी थाल्ने छ । वेष्ट ईन्डिजको जीत क्रिस गेलेको व्याटीङमा भर पर्ने छ ।
दुवै टिमले समुह चरणमा एक एक हार व्यहोरेका छन् । वेष्ट ईन्डिजका क्रिस गेल सो टिमको जीतका लागि निर्णायक बन्न सक्छन् । भारतमा धेरै समय खेलेका गेल आईपिएल लिगमा समेत सहभागी हुने गरेका छन् ।