चैत्र १९ काठमाण्डौं । पछिल्लो समय भारतसग‘ नझुकि अडान लिएको भनेर चर्चामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी भारतलाई नेपालबारे किन बोल्ने भन्दै चेतावनी दिनु भएको छ ।
बिहिबार एमाले संसदीय दलको बैठकमा ओलीले भारत र युरोपेली युनियनको बक्तव्यको विषयमा कडा टिप्पणी गर्दै भन्नु भयो “ नेपाल सानो छ , कमजोर छ भन्दैमा हेप्ने ?
नेपालको सविधान लोकतान्त्रिक पद्धतिबाट जारी भएको र यसले कसैलाई पनि भेदभाव नगरेकाले भारत र युरोपेली युनियनले कुरा उठाईरहनु गलत भएको प्रधानमन्त्रीको तर्क छ ।
आजै बिहान सोल्टी होटलमा भएको कार्यक्रममा समेत ओलीले यस्तै चेतावनी दिनु भएको थियो ।
चीनसग‘ विभिन्न सम्झौता भए पछि भारत रिसाएको चर्चा भईरहेका बेला प्रधानमन्त्री फेरी कडा रुपमा प्रस्तुत भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline