अध्यादेश मार्फत न्यायाधीश नियुक्त गर्न लागिएको भन्दै देउवाको आपत्ति

अध्यादेश मार्फत न्यायाधीश नियुक्त गर्न लागिएको भन्दै देउवाको आपत्ति

  • बिहिबार, चैत्र १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चैत्र १८ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशमार्फत उच्च अदालतको न्यायाधीश नियुक्त गर्न लागिएको जानकारी पाएको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्नु भएको छ ।

बिहीबार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत कुनै पनि खालको अध्यादेश आफ्नो पार्टीलाई मान्य नहुने बताउनु भयो ।

कांग्रेस सभापति देउवाले नेपाल सरकारले पुनरावेदन अदालतलाई उच्च अदालत कायम गरी उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्ने प्रयोजनका लागि अध्यादेश ल्याउने तयारी गरेपछि प्रधानमन्त्री ओलीलाई फोन गरी अध्यादेश ल्याउने काम तत्काल रोक्न अनुरोध गर्नु भएको हो ।

सभापति देउवाले यस्तो कार्य संसद्मा प्रमुख प्रतिपक्ष दलका रुपमा रहेको प्रमुख पार्टी नेपाली कांग्रेसलाई मान्य नहुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ