युरोपेली मुलुकलाई नेपालको आन्तिरक मामिलामा चासो नराख्न प्रमको चेतावनी

युरोपेली मुलुकलाई नेपालको आन्तिरक मामिलामा चासो नराख्न प्रमको चेतावनी

  • बिहिबार, चैत्र १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ, १८ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अनावश्यक चासो नराख्न दक्षिणी छिमेकी भारत र युरोपेली मुलुकहरुलाई चेतावनी दिनुभएको छ ।

आफ्नो आन्तरिक मामिला सम्बोधन गर्न नेपाल आफैं सक्षम रहेको उहाँले बताउनुभयो । बेल्जियमको ब्रसेल्समा भएको युरोपियन युनियन र भारतको सम्मेलनले संविधानलाई दीगो र समावेशी बनाउनका लागि राजनीतिक विषयलाई सम्बोधन गर्न सुझाव दिएका बेला प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।

उत्तरी छिमेकी चीनका राजदूत वु चुन्ताइ समेतको सहभागीतामा आज काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले नेपाल कसैको सुझावका आधारमा नभइ आफ्नै ढंगले अगाडि बढ्ने स्पष्ट पार्नुभयो । सार्वभौम मुलुकले लोकतान्त्रिक प्रक्रियाबाट बनाएको संविधान चित्त नबुझाएका भारत र युरोपेली मुलुकहरुलाई सर्वसम्मतिबाट बनाइएका संविधान देखाउन उनले चुनौतीसमेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले वहुदलीय प्रजातन्त्रमा राजनीतिक दलहरु विचार र लक्ष्य अनुसार फरक फरक हुने र ती दलमध्ये कसलाई रोज्ने भन्ने कुरा सार्वभौम जनताको अधिकारको विषय भन्दै यस बारेमा भारत र युरोपेली मुलुकहरु जानकार रहेकामा आफू विश्वस्त रहेको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ