एसएलसीकी जेठी आमाको सिम्बोल नम्बर हराउदा…..

एसएलसीकी जेठी आमाको सिम्बोल नम्बर हराउदा…..

  • बिहिबार, चैत्र १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

चैत्र १८ काठमाण्डौं । बिहिबारको दिन बिहान करीब ७ बजे पछि सिनामंगल स्थित गुह्यवेश्वरी उच्च माध्यमिक विद्यालयमा एक वृद्ध महिला यता उति कुद्दै कक्षा कोठाहरु चाहर्दै थिईन् । उनी अर्थात ६१ वर्षे ज्वाला विष्ट ।
एसएसली परीक्षा दिन पुगेकी यी आमाको परीक्षा कोठामा सिम्बोल नम्बर नभेटिदा एक घण्टा सम्म दौडधुप चलिरह्यो ।
परीक्षा गार्डहरु समेत यता उता जाउ भन्दै उनलाई पठाउदा उनी निकै अत्तालिएकी थिईन् । उनले आफ्नो नम्बर र कोठा पत्ता लागेपछि एसएली दिदा अग्रेजी विषयको केही प्रश्नहरु हल गर्न नसकेको बताईन् ।

यसरी सिम्बोल नम्बर नभेटिदा उनको एसएलसी आधा घण्टा ढिलो भएको थियो । जागिर खानका लागि मात्र पढ्नु पर्छ भन्ने छैन विष्ट भन्छिन् ।अझ मौका पाए नेपाली जस्ता विषयहरु पढाउन समेत सक्ने बताउछिन् उनी ।

एसएलसी २०७२ मा अछामकी ज्वाला देवी विष्ट यस यस वर्षकी सबै भन्दा जेठी विद्यार्थी हुन् । उनले गुह्येश्वरी माध्यमिक विद्यालयको केन्द्रबाट परीक्षा दिएकी छन् ।

उनले २०६३ साल जेष्ठ एक गते स्कुलमा भर्ना भएर कक्षा १ देखि नै अध्ययन गर्दै आएकी थिईन् । ६२÷६३ सालको जनआन्दोलनमा सहभागी भएका उनी महिला माध्यमिक विद्यालयमा भर्ना भएर पढेकी थिईन् ।

उनको २ छोरा मध्य एक जेठा हेमराज विष्ट नेपाल आर्मीको मेजर रहेका छन् । भने अर्का छोरा रोसन विष्ट अमेरीकामा एमडी गरीरहेका छन् । छोरी कविता अमेरीकी आर्मीमा कार्यरत रहेकी छन् । उनकी बुहारीहरु पनि डाक्टर रहेका छन् ।

श्रीमान् राम बहादुर विष्ट अछामबाट पटक पटक सांसद भईसकेका काग्रेसका नेता हुन् । गत वर्ष क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यकी श्रीमति सुष्मा बैद्यले समेत एसएलसी थिईन् ।

उहिले अर्काको घरको भित्ता टाल्ने जात, छोरी पढे बोक्सी हुन्छ भन्ने भ्रम रहेका कारण महिलाहरु ठूलो संख्यामा शिक्षाबाट बञ्चित रहेका थिए । तर पछिल्लो समय चेतनाको विकासले छोरीले पनि छोरा सरह शिक्षा पाउने क्रम बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी