काभ्रे,१८ चैत ।
काभ्रेको कुसादेबी ७ स्थित कुसादेबि बजारबाट करिब १५ लाख रुपैया बराबरको गाजा ,चरेस र भाङ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी सहायक निरीक्षक एन्जन कुमार थापाको नेतृत्वमा प्रहरी चौकी कुसादेबीबाट गएको प्रहरी टोलिले दुई सय ग्राम चरेस , ३ किलो ५ ग्राम गाजा र दुई किलो भाङ सहित सुबास सिह लामालाइ आजै इलाका प्रहरी कार्यलाय बनेपा पठाइने जानकारी समेत थापाले दियका छन ।
टोलिले सुराकीको आधारमा लुकाइ छिपाइ लान लागेको अबस्थामा लागुऔसध नियन्त्रणमा लियको जानकारी चौकिका इन्चार्ज थापाले जानकारी दियका छन ।
काभ्रेको देउपुउर ४ का सुबास सिह लामाले काभ्रेकै रयले बाट खरिद गरि पनौती जादै गरेको मिनिबसमा राखि लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुबास लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेकाले उनीसँ रहेका अन्य कारोबारमा संलग्नहरको पनि खोजी भईरहेको थापाले बताउनु भयो ।
पक्राउ परेका लामालाइ लागुऔसधको कारोबार अन्तरगत मुद्धा चलाईने जनाईएको छ ।
