काठमडौ १८/ आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदीय दलका सदस्य सहित पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको संयुक्त बैठक बोलाउनु भएको छ ।
दिउँसो २ बजेपछि नयाँ बानेश्वरस्थित संविधान सभा भवनको लोत्से हलमा हुने बैठकमा आगामी आर्थिक वर्षको बजेका साथै भूकम्प प्रभावित जिल्लामा पुनरनिर्माणको कामलाई गति दिने विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा पार्टीबाट योजना आयोगमा गएका पदाधिकारीलाई समेत बोलाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा पुनरनिर्माणको कार्यलाई तीव्रता दिने विषयमा पनि आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline