आजबाट एसएलसी परीक्षा सुरु , ६ लाख परिक्षर्थी सहभागी

आजबाट एसएलसी परीक्षा सुरु , ६ लाख परिक्षर्थी सहभागी

  • बिहिबार, चैत्र १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ ,१८ चैत । यसवर्षको एसएलसी परीक्षा आजबाट सुरु हुँदैछ । परीक्षाको पहिलो दिन आज अग्रेजी बिषयको परीक्षा सन्चालन हुदैछ ।
परीक्षामा मुलुकभरका कुल ६ लाख १५ हजार पाँच सय ५३ जना परीक्षार्थी परीक्षामा सहभागी रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
जसमध्ये नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८१ तथा आंशिकतर्फ एक लाख ५९ हजार चार सय १७ जना रहेका छन् । यस्तै प्राविधिक तर्फ तीन हजार दुई सयजना परीक्षार्थी परीक्षामा सहभागी हुदैछन् ।
उपत्यकाबाट मात्रै ३६ हजार सात सय विद्यार्थी सहभागी हुदै छन् । परीक्षा सञ्चालनका लागि मुलुकभर एक हजार नौ सय ४३ वटा केन्द्र निर्धारण गरिएको छ । उपत्यकामा परीक्षा केन्द्र ९३ वटा रहेको छ ।

उता मनाङ र मुस्ताङमा एक एक वटा परीक्षा केन्द्र रहेका छन् । परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन प्रतिकेन्द्र एकजना केन्द्राध्यक्ष तोकिएको परीक्षा नियन्त्रक विष्णु काप्रीले जानकारी दिनु भयो ।

त्यसबाहेक दुई हजार नौ सय ७८ जना सहायक केन्द्राध्यक्ष, २५ हजार पाँच सय ५६ निरीक्षक परिचालन हुनेछन् । चिट चोर्ने तथा परीक्षालाई खलबलाउने कार्य गर्ने जोकोहीलाई तत्काल कारकाही गर्न निर्देशन दिइएको काप्रीले बताउनु भयो ।

यसै गरी उत्कृष्ट परीक्षा केन्द्रहरुलाई प्रोत्साहन कार्यक्रम समेत राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ