अविजीत रहेको न्यूजील्याण्डलाई स्तव्ध पार्दै टी ट्वेन्टी विश्वकमा ईङल्याण्ड फाईनल प्रवेश गरेको छ ।
गएराति दिल्लीमा सम्पन्न खेलमा न्यूजील्याण्डलाई ७ विकेटले हराएर ईङल्याण्डले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
टस हारेर व्याटीङको निम्तो पाएको न्यूजील्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो ।
१ सय ५४ रनको बिजयी लक्ष्य पछ्याएको ईङल्याण्डले लागि जेम्स रोयको ४४ बलमा ७८ रनको बिष्फोटक व्याटीङको मद्धतमा जीत निकाल्यो ।
उसका लागि बटलरले समेत ३२ रनको योगदान दिए । न्यूजील्याण्डका लागि भने कोलीन मुनरो ४६, केन विलियम्स ३२ तथा कोरी एण्डरसनले २८ रन बनाएका थिए ।
ईङल्याण्डले फाईनलमा भारत र वेष्टईन्डिजको बिजेता मध्य एकसग‘ प्रतिस्पर्धा गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline