पत्रकारले हराए नेतालाई

पत्रकारले हराए नेतालाई

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, चैत्र १७ । नेपाल पत्रकार महासंघको ६१ औँ स्थापना दिवसका अवसरमा राजनीतिज्ञको टोली र पत्रकारहरूको टोलीबीच आज मैत्रीपूर्ण फुटबल खेल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको निर्धारित ६० मिनेटको खेलमा पत्रकारको टोलीले ३–२ गोल अन्तरले जित हात पार्न सफल भएको छ ।

खेल सकिन एक मिनेट बाँकी रहँदा पत्रकार सुन्दर खनालले गोल गरेपछि पत्रकार टोलीको जित सुनिश्चित भएको हो । पहिलो हाफमा पनि उनले नै दुई गोल गरेका थिए । पत्रकारका सुदीप बुढाथोकीबाट एक आत्मघाती गोल हुन पुगेको हो । त्यस्तै जीवन केसीले अर्को गोल फर्काए पनि राजनीतिज्ञको जितका लागि पर्याप्त भएन ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राजनीतिज्ञ टोलीको नेतृत्व गरेका थिए भने पत्रकार टोलीको नेतृत्व पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र बिष्टले गरेका थिए ।

युवा राजनीतिज्ञका बाहुल्यता भएको टोलीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेपाली कांग्रेसका नेता गगनकुमार थापा, प्रदीप पौडेल, रामहरी खतिवडा, गुरुराज घिमिरे, नेकपा एमालेका विकास लम्साल, रामकुमारी झाँक्री, नबिना लामा, राजीब पहारी, माधव ढुङ्गेल, एमाओवादीका धर्मशीला चापागाईं तथा नयाँ शक्ति नेपालका गङ्गा श्रेष्ठलगायत रहेका थिए ।

त्यसैगरी, पत्रकार टोलीमा महासचिव उजिर मगर, दिलीप थापामगर, दिल तामाङ, सरस्वती ढकाललगायत थिए । खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री राईले खेलले पत्रकार र राजनीतिक दलबीच आत्मीयता बढाएको प्रतिक्रिया दिँदै उनले भने, “आगामी दिन यस्तो मैत्रीपूर्ण खेल आयोजना भइरहनुपर्छ ।”

गृहमन्त्री बस्नेतले धेरै समयपछि फुटबल खेल्दा रमाइलो अनुभव भएको बताए । त्यस्तै युवा नेता थापाले खेल्ने अभ्यास नभए पनि दुबै टोलीका खेलाडीले पूरै अवधिभर डटेर खेलेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ