नेपालको मात्रै सडक बनाएको भोलिपल्टै भत्किन्छ : प्रधानमन्त्री ओली

नेपालको मात्रै सडक बनाएको भोलिपल्टै भत्किन्छ : प्रधानमन्त्री ओली

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

चितवन, १७ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सडक बनाएकै भोलीपल्ट भत्किने गरेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा मात्रै हो, बनाएकै भोलिपल्टै बाटो उप्कने गर्दछ ।”

नेपाल निर्माण व्यवसायी महासङ्घको १८ औँं साधारणसभालाई चितवनमा सम्बोधन गर्दै उहाँले निर्माण व्यवसायीले काम गर्दा आफ्नो देश आफँैले बनाइरहेको सोचेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

गुणस्तरीय निर्माण कार्यलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार सस्तोमा राम्रो काम गराउन खोज्छ, तर गुणस्तरहीन होइन ।”

भूकम्प र नाकाबन्दीका कारण सम्पन्न हुन नसकेका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको समयावधि थपिने बताउनुभएको छ ।

प्रमले काबु बाहिरको परिस्थितिमा कसैले केही गर्न नसक्ने भए पनि एक वर्षको समयलाई अधिकतम् मानेर सकेसम्म चाँडै निर्माण सम्पन्न गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । भूकम्पले भत्किएका संरचना पुननिर्माण गर्न समय लाग्ने उहाले बताउनु भयो ।

प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम राजमार्ग चौडा गराउने, केरुङदेखि काठमाडाँैंसम्मको सडकलाई दुई लेनको पक्की बनाउने, भैरहवा विमानस्थलको कामलाई अगाडि बढाउने, पोखरा विमानस्थलको काम तत्काल सुरु गर्ने, केरुङ– काठमाडाँैं, पोखरा, लुम्बिनी रेलमार्गको काम छिट्टै अघि बढ्ने बताउनुभयो ।
महत्वपूर्ण निर्माणका लागि दक्ष प्राविधिक खाँचो पर्ने भन्दै उहाँले विज्ञान प्रविधिको कलेज खोल्ने तयारीमा सरकार रहेको उल्लेख गर्नुभयो ।

चीनसँग बोल्दा भारतले देख्ला र भारतसँग बोल्दा चीनले देख्ला भन्ने परम्पराको अन्त्य भएको भन्दै उहाँले दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राखेर भूपरिवेष्टित मुलुक भएको नाताले पारवाहनको अधिकार दुवैसँग लिन सकिने धारणा राख्नुभयो ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले महासङ्घको रजत जयन्ती प्रतीकको लोगो सार्वजनिक गर्नुभएको थियो भने महासङ्घले तयार गरेको स्मारिकाको विमोचन गर्नुभयो ।

प्रधानमन्त्री ओलीले महासङ्घलाई महत्वपूर्ण सहयोग गर्ने सङ्घ संस्था तथा व्यक्तिलाई प्रशंसापत्र वितरण गर्नुभयो ।

उद्घाटन सत्रपछि आजै महासङ्घले आयोजना गर्ने विशेष समारोहमा २२ क्षेत्रका निर्माण व्यवसायीलाई पदक एवम् सम्मान गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छेदारको प्रमुख आतिथ्यतामा हुँदैछ ।

भोलिसम्म चल्ने महासङ्घको कार्यक्रममा देशभरिबाट एक हजार दुई सयभन्दा बढी प्रतिनिधि एवम् पर्यवेक्षकको सहभागिता रहेको छ ।

उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष शरदकुमार गौचनले निर्माण क्षेत्रमा १५ लाख व्यक्तिले रोजगार पाएको, १२ हजार ५०० निर्माण व्यवसायी आवद्ध भएको, विकास बजेटको ६० प्रतिशत निर्माण व्यवसायीमार्फत् खर्च हुने गरेको र आर्थिक वृद्धिदरमा १२ प्रतिशत योगदान गरेको जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ