यातायात व्यवस्था विभाग मातातीर्थमा स्थानान्तरण गरिँदै

यातायात व्यवस्था विभाग मातातीर्थमा स्थानान्तरण गरिँदै

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

ललितपुर, चैत्र १७
ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था विभागले मोटरसाइकल परीक्षण केन्द्र थानकोटको मातातीर्थमा स्थानान्तरण गर्ने भएको छ । अहिलेको स्थान साँघुरो भएर परीक्षणका काम गर्न असजिलो भएपछि सो कार्यालय सार्नका लागि तयारी भएको हो ।

विगतमा काठमाडौंबाट हेटौंडासम्म सञ्चालनमा रहेको ‘रोप वे’ मार्गको करिब ३४ रोपनी जग्गालाई यसका लागि व्यवस्था गरिने भएको छ ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले त्यहाँ मोटरसाइकलको परीक्षण केन्द्र स्थापनाका लागि गृहकार्य भइरहेको जानकारी दिँदै नयाँ स्थानमा उक्त कार्यालय स्थानान्तरण भएपछि विभागका अन्य कार्यालय पनि आवश्यकताअनुसार सार्न सकिने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ