बेलायती राजकुमार ह्यारी आज स्वदेश फर्किदै

बेलायती राजकुमार ह्यारी आज स्वदेश फर्किदै

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं १७ चैत्र ।  

बेलायती राजकुमार हृयारी आज स्वदेश फर्किदै हुनुहुन्छ । पाँच दिने औपचारिक भ्रमणका लागि गत चैत्र ६ गते नेपाल आउनु भएका उहाँ थप ६ दिन भ्रमण लम्ब्याएर बस्नु भएको हो ।

ह्यारी ११ दिने बसाइ सकेर आज बेलुकी साँव ९ बजे कतार एयरवेजको विमानबाट स्वदेश फर्किने कार्यक्रम रहेको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।

हृयारी हिजो गोरखाको लापू गाविसबाट काठमाडौं आउनु भएको थियो । नेपालमा रहदा ह्यारीले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटघाट गर्नुभएको थियो ।

उहाँले पाटन दरबार स्क्वायर क्षेत्रसँगै बर्दीया, पोखरा, लमजुङ लगायतका जिल्लाको भ्रमण गर्नुभएको थियो भने भुकम्प प्रभावित जिल्लाहरुमा पुगि भौतिक संरचना निर्माणमा समेत सहभागिता जनाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ