काठमाडौ १७ चैत्र । सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान प्रधानमन्त्री निवास बालवाटारमा बोलाईएको छ । बैठकमा पार्टीको कृन्द्रिय विभागलाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ । आजको बैठकले ३२ ओटा केन्द्रिय विभागमा सदस्य चयन गर्ने पार्टी सचिव भिम आचार्यले जानकारी दिनुभयो ।
यस्तै बैठकले सल्लाहकार परिषदका सदस्यपनि चयन गरिने आचार्यले बताउनु भयो । महाधिवेशन सकिएको दुई वर्ष पुग्न लागदा समेत एमाले केन्द्रिय विभागले पूर्णता पाउन सकेको छैन ।
विभागले पूर्णता पाउन नसकदा करिब एक हजार बढी कार्यकर्ताहरुलाई जिममेवारी दिन नसकेको नेताहरुले बताएका छन् ।
यसअघि हिजो्को बैठकमा बोल्ने सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने काम गरेको आरोप लगाएका थिए ।
आफ्नो शक्तिको दुरुपयोग गर्दै अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दीको राजनिति गरेको उनीहरुको भनाई थियो ।