काठमाडौ १७ चैत्र । देशभरका निर्माण व्यावसायीहरुको संगठन नेपाल निर्माण व्यावसायी महासंघको १८ औं साधारण सभा आजबाट चितवनको सौरहामा सुरु हुदैछ ।
दुई दिनसम्म सन्चालन हुने साधारण सभा महासंघ आवद्ध देशभरका करिब ६ सय प्रतिनिध र ६ सय पर्यक्षकको सहभागिता रहने आयोजकले जनाएको छ । सभाको आज एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
समारोहमा मुलुकको निर्माण क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थाको सम्मानमा विभिन्न २८ ओटा विधामा उत्कृष्ट एफक्यान अवार्ड वितरण गर्ने तयारी समेत रहेको महासंघका अध्यक्ष शरदकुमार गौचनले जानकारी दिनुभयो ।
विभिन्न २८ वटा विधामध्ये १८ ओटामा प्रतिस्पर्धाबाट छनोट गरिएकाहरु हुनेछन् भने बाँकी १० ओटा वर्षभरी निर्माण क्षेत्रमा उल्लेखनीय काम गरेको मूल्यांकनका आधारमा महासंघले छनोट गरिने जनाएको छ ।