काठमाडौ १७ चैत्र । भारतमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफइनलमा आज न्युजिल्याण्ड र इङ्लयाण्ड भिड्नेछन् ।
खेल नेपाली समय अनुसार बेलुकी साव सात बजेपछि दिल्लीमा सुरु हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै उपाधि यात्रा बलियो बनाउने दाउमा हुनेछ ।
सन् २०१० को विजेता इङ्लयाण्डले पहिलो खेल गुमाएपनि दक्षिण अफ्रिका सहित आफ्गानिस्तान र साविक विजेता श्रीलंकालाई पराजित गरेको थियो ।
इङ्लयाण्ड समुह एक मा वेस्ट इन्डिज भन्दा पछाडि रहदै सेमिफाइनल पुगेको थियो । यता सुरुवाती खेलमा आयोजक उपाधि दावेदार भारतलाई स्तब्ध पारेको न्यजिल्याण्ड पनि निकै फर्ममा रहेका छन् ।
भोली हुने दोस्रो सेमिफाइनलमा आयोजक भारत र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline