काठमाणडौं चैत्र १६ । जनयुद्धको योजनाकार एवं पार्टीलाई शान्ति प्रकृयामा पुर्याउदा समेत आलोचनाका बाबजुद नेतृत्व गरीरहेका प्रचण्ड राष्ट्रिय राजनीतिमा संविधान निमार्ण र ओली सरकार गठनपछि फेरी चर्चामा आईरहेका छन् ।
जे पनि बोल्ने भनेर आलोचना भईरहे पनि प्रचण्डले सबै कोणबाट आफूलाई शीर्ष स्थानमा उभ्याउने वातारण बनाउदै आउने गरेका छन् ।
यस पटक ०६९ सालमै छुट्टिएर गएका आफ्नै सहकर्मि नेता तथा गुरु मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुटाउने कि जुटाउने भन्ने कुराको निर्धारण समेत प्रचण्डले गर्न सक्ने भएका छन् ।
हाल क्रान्तिकारी कम्युनिष्ट पार्टीको बैठक काठमाण्डौंमा चलिरहेको छ र मुख्यतयाः यो बैठकमा प्रचण्ड नेतृत्वको नेकपा माओवादीसग‘ पार्टी एकता गर्ने विषयमा केन्द्रीत छ ।
प्रचण्डले केही समय अघि बैद्यलाई पत्राचार गर्दै पार्टी एकताको लागि अपील गरेका थिए र पार्टी एकतामा दुबै पार्टीबीच भद्र सहमति भएको थियो ।
सोही बमोजिम अहिले राम बहादुर थापा बादलले बैद्यले भन्दा फरक दस्तावेज प्रस्तुत गर्दै पार्टी एकता निशर्त रुपमै भए पनि गर्नु पर्ने विषय ल्याए पछि पक्ष र विपक्षमा नेताहरु उभिरहेका छन् ।
बैद्यले सिद्धान्तनिष्ट एकता हुनु पर्ने भन्दै आगामी असोजमा राष्ट्रिय सम्मेलन पछि निर्णय गर्नु पर्ने भने पनि बादल पक्षीय नेताहरुले तत्कालै एकता गर्नु पर्ने अडानमा देखिएका छन् ।
यदी प्रचण्डले तत्काल बैद्य बाहेककालाई भए पनि पार्टीमा ल्याउने भन्ने संकेत गरेमा बादल, देव गुरुङ सहितको समुह एकता गर्ने आन्तरीक तयारीमा रहेको बुझिएको छ ।
यस मेसोमा ती नेताहरुले प्रचण्डलाई निवासमै गएर पटक पटक भेटेको समेत यस अघि खबर आएको थियो ।
तर प्रचण्डले तत्काल सानो सानो समुह भन्दा पनि बैद्य सहित सिंगो पार्टीबीच एकता गर्नु पर्ने भनेका कारण अब क्रान्तिकारी माओवादी फुट्ने कि नफुट्ने भन्ने कुरा प्रचण्डको हातमा गएको छ ।
प्रचण्डले बाबुराम भट्टराई हिडे पछि त्यसको ग्याप फिल गर्न बैद्य नेतृत्वको पार्टीलाई एकतामा ल्याउन चाहेका छन् ।
पहिला प्रचण्डलाई सत्तो सराप गर्दै छुट्टिएर हिडेकाहरु अहिले उनैसग‘ एकता गर्न खुट्टा उचालेर लागेको भन्दै केही नेताहरु भने असन्तुष्ट बनेका छन् ।