काठमाडौं, चैत्र १६
तपाईं सवारी हाँकेर गल्ती गरेको खण्डमा ट्राफिक प्रहरीको आँखा छलेर सवारी चलाउने सोच बनाउँदै हुनुहुन्छ भने अबदेखि त्यो सोचलाई बदल्नुस् ! किन भने अबदेखि ट्राफिक प्रहरीको आँखा झलेर आफू हिरो हुने जमाना गयो भन्दा खासै फरक नपर्ला ।

अबदेखि त्यस्तो गरिएको खण्डमा तपाईं तपाई जुनै बेला पक्राउ पर्न सक्छ । त्यसैले त्यस्तो सोच र बानी त्यागी हाल्नुस् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै ट्राफिक हेडक्वाटरले ‘बडी ओन’ क्यामेरा सञ्चालनमा ल्याएको छ ।

सडकमा लेन अनुशासन मिच्ने चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले विशेष टोली खटाएर पाँच वटा ‘बडी ओन’ क्यामेरा आजदेखि सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा दरबारमार्ग, थापाथली, बानेश्वर, सिंहदरबार र न्यूरोड गेटबाट यो क्यामेरा सञ्चालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिएका छन् ।