१९ चैत्रबाट चौथो बृहत् पुस्तक प्रदर्शनी

१९ चैत्रबाट चौथो बृहत् पुस्तक प्रदर्शनी

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ ,१६ चैत्र । केही समय यताबाट बढ्दो लोडसेडिङ एवँ नाकाबन्दीले अवाक भएका पाठकहरुका लागि बजारमा आएका नयाँ पुराना साहित्य कृतिहरु पु¥याउने उदेश्य सहित यस डिकुरा पब्लिकेशनले यही १९ चैत्रबाट २०७३ बैशाख ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘चौथो बृहत् पुस्तक प्रदर्शनी –२०७२÷७३’ आयोजना गर्ने भएको छ ।
‘पढौं र पुस्तक संस्कृतिको विकाश गरौं’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको सो प्रदर्शनीको भब्य उद्घाटन १९ चैत्रमा हुनेछ ।
१९ दिनसम्म चल्ने यो प्रदर्शनीमा १ लाख २५ हजार अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य आयोजक सँस्थाको रहेको छ ।

प्रदर्शनीमा एक सयभन्दा बढी प्रकाशकहरुका दशौं हजार पुस्तकहरु रहने छन् । यस प्रदर्शनीमा नेपालीका साथै अंग्रेजी तथा हिन्दी भाषाका नयाँ र सँकलन योग्य क्लासिकल पुस्तकहरु समेत रहने छन् । प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तकहरु उपलब्ध गराइने छन् ।

प्रत्येक दिन लेखक साक्षात्कार कार्यक्रम समेत गरिने छ । यस्तै प्रदर्शनीमा लेखक, साहित्यकार, कलाकार, राजनीतिकर्मी, राजदूत, बैंकर, प्रशासक, शिक्षाविद्, समाजसेवी, आमसञ्चारकर्मी, आध्यात्मिक व्यक्तित्व र विविध पेशाकर्मीहरुको विशेष उपस्थिति गराइने छ ।

विभिन्न साहित्यिक संघ संस्थाहरु, पुस्तक प्रकाशन संस्थाहरु, पुस्तक प्रेमी पाठकहरु तथा नयाँ र पुराना पुस्ताका लेखकहरुलाई एउटै थलोमा जम्मा गराउनु प्रदर्शनीको उदेश्य हो ।

पुस्तक प्रदर्शनी सँयोजक एवँ साहित्यकार पुण्यप्रसाद प्रसाईका अनुसार यो प्रदर्शनीमा पाठकको रुचिलाई ध्यानमा राख्दै विभिन्न उमेर समुहका पाठकका रुचिका पुस्तकहरु पनि पाइने छन् ।

निजि तथा सामुदायीक पुस्तकालयका निम्ति एकमुष्ट पुस्तक किन्नेहरुका लागि सबै प्रकारका पुस्तक एकै थलोमा पाइने र बिशेष छुटको व्यबस्था गरिने सँयोजक प्रसाईले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी