नवलपरासीमा अन्तराष्ट्रिय नाइट (रात्रि) क्रिकेट हुने

नवलपरासीमा अन्तराष्ट्रिय नाइट (रात्रि) क्रिकेट हुने

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

नवलपरासी, १६ चैत ।
नवलपरासीमा चैत्र २६ गतेदेखि अन्तर्रा्ष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको आयोजनामा जिल्लाको सुनरीमा रातिमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष क्यामुद्दिन अन्सारीले बताउनुभयो ।

प्रतियोगितामा भारतको युपी र नेपालको नवलपरासी र रुपन्देहीबाट करिब २० टिम सहभागी हुने क्लबले बताएको छ । प्रतियोगिता रातिमा हुने भएकाले टाढाबाट आउने खेलाडीलाई खाना तथा बस्नको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको हरेक लिग म्याच भारत र नेपालका समूहबीच खेलाइने छ । गत वर्ष पनि उक्त क्लबको आयोजनामा रातिमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ