काठमाडौ ,१६ चैत्र ।
भक्तपुरको दुई छुट्टा छुट्टै ठाउँमा आज बिहान दुई शिशुको शव फेला परेको छ । भक्तपूरको बालकोटमा बालकोटमा कुकुरले खाँदै गरेको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।
शिशुको हात र खुट्टा कुकुरले खाएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायव निरीक्षक युवराज शर्माले जानकारी दिनुभयो ।
शिशुको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिँदै उहाँले घट्नाको अनुसन्धान सुरु गरिसकिएको बताउनुभयो ।
यस्तै जिल्लाको व्यासीमा कुहिएको अवस्थामा शिशुको शव फेला परेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक दिनेश भण्डारीले जानकारी दिनभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline