बेलायती राजकुमार ह्यारी आज उपत्यका फर्किदै

बेलायती राजकुमार ह्यारी आज उपत्यका फर्किदै

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ १६ चैत्र ।  

आफ्नो नेपाल भ्रमण लम्ब्याएर बस्नु भएका बेलायती राजकुमार ह्यारी आज गोरखाबाट राजधानी फर्किँदै हुनुहुन्छ ।

गोरखाको लापु–३ स्थित प्रभातकिरण माविको भवन पुनःनिर्माणमा केहिदिन यता श्रमदान गर्दै आउनु भएका ह्यारी हिजो नै राजधानी फर्किने तयारी भएपनि मौसम आएको खराबीका कारण आज मात्र फर्किन लाग्नु भएको हो ।

लापु गाविस क्षेत्रमा दुई दिनदेखि राम्रोसँग घाम नलागेको र हिजो दिउँसोदेखि हावाहुरीसहित वर्षा भएकाले हेलिकोप्टर उड्न सकेको थिएन । गत बिहीबार गोरखा पुग्नु भएका तीन घन्टा पैदल हिँडेर लापुबेँसी पुग्नु भएको थियो ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउनु भएका ह्यारीले थप ६ दिन भ्रमण लम्ब्याउनु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ