अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाउन नेपाली जुनियर टीम टोकियोमा

अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाउन नेपाली जुनियर टीम टोकियोमा

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, चैत्र १६
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली जुनियर फुटबल टोली जापान पुगेको छ । आउँदो अप्रिलको पहिलो साता जापानमा हुने १२ वर्षमुनिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएको हो ।

उक्त प्रतियोगितामा सहभागिता जनाउन नेपालबाट प्रसन्न श्रेष्ठ, प्रकाश नेपाली, निराजन थापा, मनोज नेपाली, साकार थापा, अनमोलसिंह थापा, अविरल थापा, मनोज जलारी, रोशन थापा, कुशल परियार, प्रमेश गुरुङ, अस्मित गोर्खाली, विशाल थापामगर र प्रशिक्षक शम्भु केसी रहेका छन् ।

टोकियो फुटबल संघ र फुटबल क्लब कोपा पुमा तोरेरोस जापानको संयुक्त आयोजनामा अप्रिल १, २ र ३ मा कोपा पुमा तोरेरोस–२०१६ अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगिता हुँदैछ । विगत पाँच वर्षदेखि जापानमा हुँदै आइरहेको उक्त प्रतियोगितामा नेपाली टीमको पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतियोगितामा नेपाली टीमलाई सहभागी गराउन सहयोग समितिको लागि शरदकुमार गौचन नेतृत्वको टोलीले पहल गर्दै आएको थियो । जुन सहयोगी समूहको उपसंयोजक ओमप्रकाश तुलाचन, सदस्यहरू बसन्त गौचनलगायत रहेका छन् । नेपालबाट आएको जुनियर फुटबल टोलीलाई नारिता विमानस्थलमा पनि खादा लगाएर स्वागत गरिएको थियो । नेपालबाट आउने खेलाडीहरूको लागि जापानमा आवास, भोजन र यातायातको व्यवस्था आयोजक समितिबाट हुने भए पनि नेपालबाट जापानसम्मको हवाई टिकटको व्यवस्था नहुने भएकाले जापानबासी नेपालीहरूबाट सहकार्यको अपेक्षा गर्दै सहयोग समितिले विभिन्न ढंगले श्रोत जुटाउन लागि परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ