कावासोती, १५ चैत । चितवन राष्ट्रिय निकुञ्जबाट सीतापुरमा निस्केको चितुवाको आक्रमण परी नेपाली सेनाका जवान सहित सात जना घाइते भएका छन् ।
आक्रमणबाट सेनाको भैरवी दल गण सेहरीका जवान कृष्ण थापा क्षेत्रीे, मध्यविन्दु नगरपालिका–२ सीतापुरका शुक्रराम घर्ती र टेकवहादुर थनेत, मध्यविन्दु नगरपालिका–४ लुशलहरीका दिवाकर महतो, कर्णबहादुर महतो, वुद्धवहादुर गिरी र केवलप्रसाद चौधरी घाइते भएका हुन् ।
आइतबार निकुञ्जबाट गाउँ पसेको चितुवाले केराबारीमा काम गरिरहेका स्थानीयलाई आक्रमण गरेको थियो । घाइते सातैजनाको अहिले मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचार भइरहेको छ ।
झण्डै खाको भन्दै मानिसहरु चितुवाको आक्रमण हुन थाले पछि भागेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline