ज्योतिष परिषद्को राष्ट्रिय सम्मेलन सुरु

ज्योतिष परिषद्को राष्ट्रिय सम्मेलन सुरु

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

इटहरी, १५ चैत ।

नेपाल ज्योतिष परिषद्को १४ औँ राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीमा आजबाट सुरु भएको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले ज्योतिष शास्त्रले मानव जीवनका विषयमा शास्त्रीय प्रमाण जुटाएर प्रतिफलमुखी निचोड समेत दिने बताउनुभयो । उहाँले नेपाल ज्योतिष परिषद्लाई शास्त्रीय प्रमाण जुटाउने केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ५०० बढी ज्योतिषको सहभागिता रहेको दक्षिण एशियाली ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले जानकारी दिनुभयो । सोही अवसरमा एक दर्जनबढी ज्योतिषलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ