काठमाडौं, चैत्र १५
सन् २०३० सम्म नेपाललाई विकसित मुलुक बनाउने परिकल्पनालाई साकार बनाउन आजबाट राजधानीमा दीगो विकास लक्ष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
राष्ट्रिय योजना आयोग र एशियाली विकास बैंकले संयुक्त रूपमा आयोजना गरिएको सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच शुभारम्भ गरेका थिए ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषि, जलविद्युत र पर्यटन विकासमार्फत आर्थिक समृद्धिमार्फत त्यो लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाललाई आगामी दुई दशकमा विकसित देशको सूचीमा पु्र्याउने कुरामा आफूहरू प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई थियो ।
कार्यक्रममा अर्थमन्त्री बिष्णु पौडेलले सन् २०३० सम्ममा नेपालको गरिबी एकोहोरो अंकमा झार्ने लक्ष्य पूरा हुने क्रममा रहेको बताउँदै उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले दीर्घकालीन विकासका लागि आर्थिक क्षेत्रसँग सम्बन्धित सबै निकाय सहकार्य गरेर योजनावद्ध तरिकाले अघि बढ्नु पर्नेमा जोडसमेत दिएका छन् ।
कार्यक्रममा एशियाली विकास बैंकका उपाध्यक्ष वेनकाइ झाङले दीर्घकालीन विकासका लागि सामाजिक र राजनीतिक स्थीरता आवश्यक रहेको बताए । उनले नेपालको विकासका लागि एशियाली विकास बैंक साझेदार बन्न तयार रहेको बताए ।
नेपाल सन् २०२२ सम्ममा विकासशील मुलुक बन्ने, चारदेखि आठ प्रतिशतसम्म आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको छ । सम्मेलनमा एशियाको विकास अनुभव, नेपालको दीर्घकालीन विकासअन्तर्गत जलविद्युत, शहरी तथा यातायात, सामाजिक, कृषिलगायतका क्षेत्रको विकासका बारेमा छलफल हुनेछ ।