काठमाडौ १५ चैत्र ।
कानुनमन्त्री अग्नि खरेलले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नभएको वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान सन्चारकर्मीसँगको कुराकानीमा मन्त्री खरेलले संविधान कार्यान्वयनका लागि सबै दलहरुबीच सहमति आवश्यक रहेको बताउनु भयो ।
मन्त्री लामो समयदेखि सम्झौता हुन नसकेका विषयमा सहमति भएकाले प्रधानमन्त्रीको चीन भ्रमण निकै उपलब्धिमूलक रहेको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीको भारत र चीन दुवै भ्रमण उपलब्धिमूलक भएको खरेलको भनाई थियो ।
उहाँले मधेसवादी दल पुनः आन्दोलनमा जानुपर्ने गर्नुपर्ने अवस्था नरहेको पनि बताउनु भयो । मधेसवादी दलका माग पूरा हुँदै गएकाले आन्दोलन गर्नुपर्ने कुनै कारण नभएको उहाँले प्रष्ट पार्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline