दलको नेता चयनका विषयमा छलफल गर्न पौडेल पक्षको सांसदरुको भेला आज

दलको नेता चयनका विषयमा छलफल गर्न पौडेल पक्षको सांसदरुको भेला आज

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १५ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताको निर्वाचनका विषयमा आज आफू पक्षधर नेताहरुसँग छलफल गर्दै हुनुहन्छ ।

यसअघि हिजो बोहोराटार स्थित निवासमा आफू पक्षधर नेताहरुसँग छलफल गर्नु भएका पौडेलले आज आफू पक्षका सांसदहरुलाई छलफलका लागि बोलाउनु भएको छ ।

दलका नेताका लागि पौडेलले नै उमेदवार दिने बढी सम्भावना रहेको उहाँ निकट नेताहरुले बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पनि दलका निर्वाचनका लागि उमेदवारी दिने तयारीमा हुनुहुन्छ ।

कांग्रेसले संसदीय दलको निर्वाचन आगामी चैत्र २४ गते गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ