चैत्र १४ काठमाण्डौं । यस वर्ष बगबन्धु गोल्डकप र सागमा स्वर्ण जीतेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेशियाको २२ वर्ष मुनिको टोली विरुद्ध मैत्रीपूर्ण फुटबलमा जीतको नजिक पुगेर नेपाल बराबरीमा रोकिएको छ ।
खेलको पहिलो हाफ् चलिरहदा नेपालका स्ट्राईकर भरत खवासले ३७ आंै मिनेटमा गोल गरी टिमलाई अग्रता दिएका थिए ।
तर अन्तिम समयमा डिफेन्स लाईनमा भएको कमजोरीका कारण नेपालले एक गोल व्यहोर्दै खेल बराबरी मा चित्त बुझाउन बाध्य भयो । ८७ औं मिनेटमा नेपालले गोल खाएको थियो ।
बगबन्धु र साग जीत्दाका महत्वपूर्ण खेलाडीहरु विमल घर्ती, अञ्जन विष्ट र अनन्त तामाङ यूरोपमा छन् भने विक्रम लामा ईन्डोनेशियामा रहेका छन् । आदित्य चौधरी चोटका कारण टिममा परेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline