दाङ, चैत्र १४
गृहमन्त्री शक्तिबहादुर बस्नेतले अधिकार प्राप्तिका लागि अब जङ्गल जानु नपर्ने बताएका छन् । खप्तडी बस्नेत वंशावली दाङले बिजौरीको हेमन्तपुरमा निर्माण भएको खप्तडी बस्नेत सभाहलको उद्घाटन गर्दै उनले समाजको आवश्यकता र चाहनालाई संविधानले समेटेको दाबी गरे ।
संविधानको प्रभावकारी कार्यान्वयनमा आउन असन्तुष्ट दललाई आग्रह गर्दै गृहमन्त्री बस्नेतले संविधानमा उल्लेखित विषय कार्यान्वयनमा आए समाजको मुहार बदलिने धारणा राखे । उनले विगत, वर्तमान र भविष्यको तादम्यतालाई मिलाउँदै विकासलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline