त्रिभुवन विमानस्थल साढे ६ बजेसम्मका लागि बन्द

त्रिभुवन विमानस्थल साढे ६ बजेसम्मका लागि बन्द

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, चैत्र १४
दिल्लीबाट काठमाडौंका लागि आएको जेट एयरवेजको विमानमा बम रहेको हल्ला चलेपछि साँझ साढे ६ बजेसम्मका लागि बन्द गरिएको छ । विमानमा बम रहेको हल्लापछि उक्त विमानलाई ‘आसोलेसन वे’मा राखिएको छ र सुरक्षाकर्मीहरूले जाँच गरिरहेका छन् ।

काठमाडौं आउन लागेका विमानहरू बमको हल्लाले अवतरण गर्न सकेका छैनन् । विमानस्थल सुरक्षा श्रोतकाअनुसार उडान भने रोकिएको छैन । केहीबेर अघि बंगलादेशको विमान त्रिभुवन विमानस्थलबाट उडेको छ ।

त्रिभुवन विमानस्थलमा अवतरण गरेको जेट एयरवेजको विमानमा बम रहेको हल्लापछि विमानको चेक जाँच भइरहेको छ । भारतको नयाँ दिल्लीबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको बोइङ ७३७ विमानमा बम भएको हल्ला चलेको हो । विमानमा बम भएको हल्ला चलेपछि विमानलाई विमानस्थलको ‘आसोलेसन वे’मा राखेर जाँच भइरहेको बताइएको छ ।

विमानस्थलमा सेनाको बम डिस्पोजल टोली पनि पुगेको छ । सुरक्षाकर्मीहरूले यात्रुको जाँच गरेर सुरक्षित स्थानमा लगिसकेको विमानस्थल श्रोतले बतायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ