भक्तपुर कुमारीको बेलविवाह सम्पन्न

भक्तपुर कुमारीको बेलविवाह सम्पन्न

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

भक्तपुर, चैत्र १४ गते ।

भक्तपुर तलेजुको एकान्त कुमारी जुनिशा शाक्यको बेलविवाहसँगै कन्या दान गरिएको छ । जीवीत देवीका रुपमा पुजिने कुमारी जुनीशाको काभ्रेको नालास्थित करुणमामय मन्दिरमा बेलविवाह सम्पन्न गरिएको हो ।

२०७० साउन २१ गते तलेजुको कुमारीमा छनोट भएकी जुनिशा यससँगै उनले स्वतः अवकाश पाएकी छिन् । तलेजु कुमारीका लागि १० वर्ष नाघी ११ वर्ष पुगेमा वा बेलविवाह गरेमा कुमारीबाट स्वतः अवकाश हुने परम्परा छ ।

जुनीशा भक्तपुर नगरपालिका वडा नं. ३ नागपोखरी स्थित जुजुरत्न शाक्यकी छोरी हुन् । जुजुरत्नका दुई छोरी र एक छोरा छन् । त्यसमध्येकी जेठी हुन जुनीशा । कान्छी छोरी प्रंशसाको पनि उनीसँगै बेलविवाह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ