प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

चैत्र १४ काठमाण्डौं ।  चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओली छेन्दुबाट हिमालयन एयरलाईन्सको बिमानबाट अपरान्ह ४ बजे काठमाण्डौं आउने कार्यक्रम छ ।
चैत्र ७ गते चीन जानु भएका प्रधानमन्त्रीले त्याहा राष्ट्रपति सि जिन पिङ, प्रधानमन्त्री लि ख छ्याङसग‘ महत्वपूर्ण भेटवार्ता गर्नु भएको थियो । सो भ्रमणका बेला नेपाल र चीनबीच पारबहन तथा व्यापार, पेट्रोलियम पदार्थको उत्खननका लागि सहयोग जस्ता १० बुदे समझदारी भएको छ ।
चैत्र ११ गते दुवै देशले सयुक्त वक्तव्य समेत जारी गरेको थियो । प्रधानमन्त्रीले चीनमा भएको बोआओ फोरमलाई सवोधन गर्नु भएको थियो भने भूकम्प प्रभावित क्षेत्रको अवलोकन समेत गर्नु भएको थियो ।
नेपालका विभिन्न दल तथा विज्ञहरुले प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला भएका सम्झौताहरु उपलव्धिमुलक भएको प्रतिकृया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ