चैत्र १४ काठमाण्डौं । यस वर्ष बगबन्धु गोल्डकप र साग मा स्वर्ण जीतेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेशियाको २२ वर्ष मुनिको टोली विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै छ । क्वालालाम्पुरमा हुने खेल टुवान्कु अब्दुल रहमान रंगशालामा साझ पौने ७ बजे हुने छ ।
नेपालका नया जापानी प्रशिक्षक कोजी ग्योतोकुले नेपाली टिम एभरेजमा २३ वर्षका युवाहरुको बाहुल्यता सहित रहेकाले टिमले राम्रो गर्न सक्नेमा आशा व्यक्त गरेका छन् ।
बगबन्धु र साग जीत्दाका महत्वपूर्ण खेलाडीहरु विमल घर्ती, अञ्जन विष्ट र अनन्त तामाङ यूरोपमा छन् भने विक्रम लामा ईन्डोनेशियामा रहेका छन् । आदित्य चौधरी चोटका कारण टिममा परेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline