आज भारत र अष्ट्रेलिया भीड्ने

आज भारत र अष्ट्रेलिया भीड्ने

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी चैत्र १४ । भारतमा जारी टी ट्वेन्टी विश्वकपमा आज भारत र अष्ट्रेलियाबीच समुह चरणको अन्तिम खेल हुदै छ ।
यस खेलमा हुने हार जीतले सेमिफाईनलमा जाने टोली तय हुने छ । यस अघि नै न्युजील्याण्ड , वेष्टईन्डिज र ईङल्याण्ड यस अघि नै सेमिफाईनल पुगिसकेका छन् । भारत र अष्ट्रेलियाबीचको खेल साझ पौने ८ बजे पछि मोहालीमा हुने छ । त्यस अघि आजै वेष्ट ईन्डिज र अफ्गानिस्तानबीच सवा ३ बजे खेल हुने छ । यस अघि गएराति सम्पन्न खेलमा श्रींलकालाई हराउदै ईङल्याण्ड सेमिफाईनल प्रवेश गरेको छ ।

ईङल्याण्डले श्रीलंकालाई १ सय ७२ रनको चूनौती दिएको थियो ।जवाफी व्याटीङमा आएको श्रीलका २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रनमा समेटिए पछि ईङल्याण्ड १० रनले बिजयी भएको हो । जसले गर्दा श्रीलका र दक्षिण अफ्रीका समेत समुहचरणबाटै बाहिरीएका छन् ।
त्यस अघि हिजै सम्पन्न खेलमा न्युजील्याण्डसग‘ बंगलादेश पराजीत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ