सरकारबाट बाहिरीन सक्ने एमाओवादीको चेतावनी

सरकारबाट बाहिरीन सक्ने एमाओवादीको चेतावनी

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, १३ चैत । भूकम्पपछिको पुनःनिर्माणमा सरकारले ध्यान दिन नसकेको भन्दै एकीकृत नेकपा (माओवादी)ले आपत्ति जनाउदै सरकारबाट बाहिरीन सक्ने चेतावनी दिएको छ ।

भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत भूकम्पपीडित जनताले आवास बनाउन नपाएको, सरकारले प्रदान गर्ने भनेको राहत रकमसमेत वितरण हुन नसकेको र काम गर्ने शैली असाध्यै सुस्त भएको भन्दै सो पार्टीले असन्तुष्टि जनाएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले भूकम्पपीडितले राहत नपाउने अवस्था कायम रहेमा सरकारबाट बाहिरिने चेतावनी समेत दिनु भएको हो ।
कर्णालीका पाँचवटै जिल्ला, सेती महाकालीका पहाडी जिल्ला भोकमरीमा परेको भए पनि सरकारले खाद्यान्न पु¥याउनेतर्फ कुनै पहल गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश चुलिएको प्रवक्ता शर्माको कथन थियो ।

बङ्गलादेशले उपलब्ध गराएको ७० हजार मेट्रिक टन खाद्यान्न पूर्वाञ्चलमा सड्ने अवस्थामा पुगेको तर भोकमरी पीडितलाई वितरण गर्नेतर्फ पहल नभएको र सरकारी संयन्त्र परिचालित नभएकोमा गुनासो गर्नु भयो ।

फरक एक प्रसङ्गमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको र जनताको पक्षमा महत्वपूर्ण सम्झौता भएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ