चैत्र १३ एजेन्सी । भारतमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटमा न्यजिल्याण्ड खराब प्रदर्शन गर्दै बंगलादेशले यात्रा टुंग्याएको छ ।
कोलकत्तामा भएको खेलमा न्यजिल्याण्डले बंगलादेशसामु १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी व्याटीङमा उत्रिएको बंगलादेश १५.४ ओभरमा ७० रनमा अलआउट भयो ।
बंगलादेशका लागि सुभागाता होमले अविजीत १६ , सविर रहमान १२ र मोहम्मद मिथुनले ११ रन बनाउनु बाहेक अन्य ७ जना ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बंगलादेशलाई धराशायी पार्ने क्रममा एलियट र सोधीले ३÷३ विकेट झारेका थिए ।
टस जितेर पहिलो ब्याटिङ गरेको न्यजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनायो । मुस्ताफिजुर रहमानले २२ रन खर्चेर ५ विकेट लिएको इनिङ्समा न्यूजिल्यान्डका कप्तान केन विलियमसनले सर्वाधिक ४२ रन जोडे ।
आजै बेलुकी पौने ८ बजे हुने खेलमा इंग्ल्यान्ड र श्रीलंका भिड्दै छन् ।