तेह्रथुममा आगलागी हुदा बालकको मृत्यु

तेह्रथुममा आगलागी हुदा बालकको मृत्यु

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

चैत्र १३ तेह्रथुम । तेह्रथुमको लालीगुरास नगरपालिका १० स्थित सोल्माको एक घरमा केहीवेर अघि आगो लाग्दा ३ वर्षिय वालक सुशान्त मगरको जलेर मृत्यु भएको छ ।
अन्य दुई वालक जलेर गम्भीर घाईते भएका छन् । पराल र खर राखेको गोठमा आगो लाग्दा गोपाल मगरका ३ वर्षिय छोरा सुशान्तको जलेर घटना स्थलमै मृत्यु भएको हो ।
आगलागीमा परी स्थानीय पुष्प श्रेष्ठका ३ वर्षिय छोरा मौषम श्रेष्ठ र अर्का ७ वर्षिय चिरायु मगर जलेर गम्भीर घाईते भएको घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक पुरीले वताउनु भयो ।

घाईते वालक मौषम श्रेष्ठको अवस्था गम्भीर रहेकाले उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाईएको प्रहरीले जनाएको छर अर्का घाईते वालक मगरको स्थानीय स्वाथ्य संस्थामा उपचार भैरहेको छ आगलागीको कारण वारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ