बोल्ने १५ मध्य ११ बैद्यको पक्षमा,४ जना बादलको पक्षमा

बोल्ने १५ मध्य ११ बैद्यको पक्षमा,४ जना बादलको पक्षमा

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, १२ चैत । नेकपा(क्रान्तकारी माओवादी)को केन्द्रीय समिति बैठकमा अले अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि धारणा राख्नेक्रम आजबाट शुरु भएको छ ।आजको बैठकमा १५ जनाले प्रस्तुत दुबै प्रतिवेदनमाथि धारण राखेका छन् । धारणा राख्नेमध्ये ११ जनाले अध्यक्ष बैद्यको पक्षमा धाराण राखेका थिए । उनीहरुले अहिले तत्काल पार्टी एकता सम्भव नभएकोमा जोड दिएका थिए ।

अन्य चार जनाले भने थापाको प्रतिवेदनमाथि समर्थन जनाउदै तत्काल एमाओवादीसँग पापिर्टएकता गर्नुपर्ने बताएका थिए । अन्य नमिलेका बिषयहरुलाई पार्टी एकता पछि मिलाउदै जान सकिनेमा उनीहरुको जोड थियो ।
दुई प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरुलाई १५ मिनेटको समय दिईएको छ ।भोलीको बैठकमा पनि धारणा राख्ने क्रम जारी रहने छ । भोली सचिवालय सदस्यहरुले धारणा राख्नेछन् ।सबै केन्द्रिय सदस्यहरुले पनि प्रतिवेदनमाथि धारणा राख्ने भएकोले केन्द्रिय समिति बैठक एक साता सम्म लम्बिन सक्ने सो पार्टीले जनाएको छ ।

हिजोबाट सुरु भएको बैठकमा अध्यक्ष र महासचिवको फरक फरक दुई प्रतिवेदन पेस भएका थिए । प्रतिवेदनमा वैद्यले जनवादी क्रान्तिको कार्य्दिशालाई जोड दिनुभएको छ भने थापाले राष्ट्रिय जनवादको नयाँ कार्यक्रम प्रतिवेदनमा ल्याउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ