प्रमुख दल मिल्नुको विकल्प छैन–अध्यक्ष दाहाल

प्रमुख दल मिल्नुको विकल्प छैन–अध्यक्ष दाहाल

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

दमौली, १३ चैत ।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा देखिएको विद्यमान समस्या समाधान गर्न प्रमुख दल मिल्नुको विकल्प नरहेको बताउनुभएको छ ।

तनहुको दमौलीमा आज सरकारी कार्यालयका प्रमुखसँग भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माण र संविधान कार्यान्वयनको चुनौतीले गर्दा राष्ट्रिय एकताको आवश्यकता औल्याउनु भयो ।

प्रमुख शक्तिहरु एक भई मुलुकको विद्यमान समस्या समाधानतर्फ लाग्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणका क्रममा भएका सम्झौताले देशको आर्थिक विकासमा नयाँ आयाम थपेको उहाँको भनाइ थियो ।

निमित्त प्रजिअ किशोरकुमार चौधरीले जिल्लाका शान्ति, सुरक्षा र स्थानीय विकास अधिकारी उदयबहादुर रानाले विकास निर्माणका गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।

आजै क्रान्तिकारी पत्रकार सङ्घद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वर्तमान सरकार कुनै हालतमा पनि नढल्ने र नेपाली काँग्रेसलाई पनि सरकारमा मिलाएर लैजानुपर्ने बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ