क्रान्तिकारी माओवादीको बैठकमा लिला

क्रान्तिकारी माओवादीको बैठकमा लिला

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाण्डौं चैत्र १३ । मोहन बैद्य विगत करीब ४५ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा निष्ठापूर्वक लागेका नेता हुन् । सांगठनिक जीवनमा खासै पदको अपेक्षा नराख्ने र सार्वजनिक पदमा अहिले सम्म नगएका बैद्य यति बेला संकटमा छन् । कारण प्रचण्डबाट छुटाएको पार्टी र त्यसबाट पनि नेत्र विक्रम चन्द विप्लव अलग्गिनु ।
त्यसलाई सम्हाल्न नपाउदै पार्टी भित्र देखिएको अर्को अराजकताले उनी हैरानीमा परेका हुन् ।
अहिले क्रान्तिकारी माओवादी पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । यही बैठकमा एकातिर उनको नया जनवादी क्रान्तिकाको तयारीमा जुटौं भन्ने दस्तावेज एकातिर आएको छ भने अर्कोतिर राम बहादुर थापा बादलले आजको युगमा पुरानो तरीकाले क्रान्ति हुन सक्दैन भन्दै पुरक दस्तावेज प्रस्तुत गरे पछि त्यस माथि केन्द्रीय सदस्यहरुले धारणा राख्न बाकी छ ।

तर बैठकमा अनेकौं खालका रिपोर्टहरुको चर्चा गर्दै बैद्यले आफ्नै पार्टीका एक दर्जन बढी र विप्लव माओवादीका आधा दर्जन जति केन्द्रीय सदस्यहरु एमाओवादी अध्यक्षकोमा गएर आफूहरु पार्टीमा प्रवेश गर्ने भन्दै लविङ गरेको र प्रचण्डले हैरान भएको के गरु ? भनेर सोधेको भने पछि बैद्यले लाजमर्दो भएको सन्दर्भ बैठकमा उठाएका थिए । हेर्नुस अहिले म नाम त भन्दिन , तर प्रचण्ड जी ले यसरी सुनाए पछि म आफै लञ्जित जस्तो हुनु पर्यो ।

  स्रोतका अनुसार क्रान्तिकारी माओवादीबाट देव गुरुङ, महेस्वर दाहाल लगायतकाले निरन्तर प्रचण्ड र निकटका नेताहरुलाई भेटेर आफूहरु मात्रै भए पनि आउन तयार भएको बताउने गरेका छन् ।
विप्लव माओवादीबाट समेत ६ जना नेताहरुले प्रचण्डलाई भेटेर आफूहरु पार्टीमा आउन चाहेको भनेर सुनाएको बैद्यलाई उद्धृत गर्दै स्रोतले भन्यो । प्रचण्डले एक्ला एक्लै सानो समुहमा नेताहरु ल्याउदा आफूलाई अप्ठेरो पर्ने भन्दै सिंगै पार्टी मिलाउनु पर्ने कुरा राखेको बैद्यले ब्रिफिङ गरेका थिए । तर आफ्नो पुरानो ६ बुदे प्रस्तावमा सहमति भए मात्रै पार्टी एकता हुने शर्त बैद्यले फेरी दोहोर्याएका छन् ।
अर्कोतिर बादलले समाजवाद उन्मुख राष्ट्रिय जनवादको कार्यकम भन्दै अब शान्तिपूर्ण संक्रमण मार्फत जानु पर्ने तर्क सहितको पुरक दस्तावेज पेशे पछि यसलाई पनि केन्द्रीय सदस्यहरुले व्याख्या गर्न थालेका छन् । एक केन्द्रीय सदस्यले बादल अब संसदतिर फर्कन चाहेको भन्दै आलोचना गरेका छन् । यसलाई २०१३ सालमा तुलसीलाल अमात्यले ल्याएको राष्ट्रिय प्रजातन्त्र र खुस्चेवको नीतिसग‘ पनि जोडेर आलोचना गरिएको स्रोतको भनाई छ ।

देवगुरुङलाई खुट्टा उचालेको आरोप
माओवादी शान्ति प्रकृयामा आए पछि धेरै पटक कहिले स्थानिय त कहिले कानुन मन्त्रीको जिम्मा देव गुरुङले पाएका थिए ।
स्रोतका अनुसार छिट्टो पार्टी एकता गरेर जान चाहने गुरुङको तरीकाको विरोध गर्दै एउटा राज्य कमिटिले लिखित रुपमै विरोध गरेको बादलले बैठकमा सुनाएका थिए ।
बादलको नेतृत्वमा फुटेर भए पनि जान चाहने गुरुङ, महेश्वर दाहाल लगायतकाले प्रयत्न गरे पनि बादलले आफ्नो प्रस्तावलाई पुरक र सुझाव भन्दै फिर्ता हुने संकेत गरे पछि सो समुह थप संकटमा परेको छ ।
बादल पनि सानो समुह मात्रै लिएर जान हुन्न कि भन्ने निष्कर्षमा पुगेको एक नेताले विष्लेषण गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ