रोबोटबाट नेता पौडेल सम्मानित

रोबोटबाट नेता पौडेल सम्मानित

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १२ चैत ।

रोबोटबाट नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल सम्मानित हुनुभएको छ ।

प्राविधिक विद्यार्थी समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा पार्टीको १३औँ महाधिवेशनमा प्रविधिको प्रयोग गरी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएकोे भन्दै पौडेललाई सम्मान गरेको हो । पौडेललाई महाधिवेशनमा भोट मागेको रोबोटलाई प्रमुख अतिथि बनाई रोबोटमार्फत सम्मान गरिएको थियो ।

नेता पौडेलले काँग्रेसले देशमा भएका विभिन्न समयको आन्दोलनको नेतृत्व लिएको भन्दै अब प्रविधिको नेतृत्व पनि काँग्रेसले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “हरेक राजनीतिक दल व्यवस्थित भए देश व्यवस्थित हुन्छ राजनीतिक दललाई व्यवस्थित बनाउन प्रविधिप्रेमी बनाउनु जरुरी छ ।”

प्राविधिक विद्यार्थी समूहका सभापति सुमधुर बरालले मोबाइलमा डाउनलोड गरेर सबै क्रियाशील सदस्यको नामावली हेर्न सकिने प्रविधिको विकास गर्न लागेको जानकारी दिनुभयो । उहाँले २१औँ शताब्दीमा प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ