शैक्षिक अराजकता भ्रष्टाचार विरुद्धको हाम्रो आन्दोलन, राष्ट्रियता र जुझारु संगठनका लागि चौथो पृथ्वी नारायण क्याम्पस जिल्ला सम्मेलन भन्ने नाराका साथ हालै सम्पन्न सम्मेलनले आगामी कार्यसमित चयन गरेको हो ।
सम्मेलनबाट संगठनको उपाध्यक्षमा प्रवल भण्डारी चुनिएका छन् । यस्तै सचिवमा दिबहादुर तामाङ, सहसचिवमा श्रेया लामिछाने, कोषध्यक्षमा श्रृजना वस्याल निर्वाचित भएका छन् ।
साथै सम्मेलनले क्याम्पस क्षेत्रलाई सफा, सुन्दर र गुणस्तरीय शिक्षा केन्द्र बनाउन ‘हाम्रो क्याम्पसलाई राम्रो क्याम्पसमा बदलौं’ अभियान अन्तरगत विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेका छन् ।