छोरालाई सँगै लिएर आमाले गरिन् आत्महत्या

छोरालाई सँगै लिएर आमाले गरिन् आत्महत्या

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

लुखुम्बु, १२ चैत ।

वाकु–३ सोलुखुम्बुकी ३० वर्षीया सुमित्रा राईले ९ वर्षीय छोरालाई साथमा लिएर खोलामा हाम फाली आत्महत्या गरेकी छन् ।

श्रीमान् वैदेशिक रोजगारमा रहेका सुमित्राले छोरालाई पनि साथमै लिएर इङ्खु खोलामा हाम फालेकी हुन् । गत शुक्रबार इङ्खु खोलाको किनारमा आमाछोराको शव भेटेपछि अनुसन्धान थालेको प्रहरीले सुमित्राले आत्महत्या गरेको निष्कर्ष निकालेको हो ।

शव परीक्षणको प्रतिवेदन र अन्य स्थलगत अवस्थालाई विश्लेषण गर्दा सुमित्राले छोरालाई पनि साथमै लिएर खोलामा हाम फाली आत्महत्या गरेको पुष्टि भएको जानकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ