काठमाण्डौ ,१२ चैत ।
गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री सिकाज (tingri ,xigaze china )मा रहेको देखाएको छ ।
विश्वकै सबैभन्दा अग्लो हिमाल समगरमाथा नेपालमा रहेको कुरामा कुनै विवाद छैन तर गुगल म्यापले भने चीनीया भूमिमा सगरमाथा रहेको देखाएको हो ।
नेपालमा सगरमाथा चीनको भूमिमा देखाईएको भन्दै बिरोध प्रदर्शन भएको छ ।
अंग्रेजीमा माउन्ट एभरेस्ट र चिनियाँ भाषामा चोमोलुङ्माको नामले तिब्बत र चीनमा चिनिने विश्वकै अग्लो यो हिमालकै कारण नेपाल विश्वभर चिनिएको छ । वैज्ञानिक मापन अनुसार ८ हजार ८ सय ४८ मिटर ९२९ हजार २९० फिट अग्लो यो हिमालको मूख्य चुचुरो नेपालतिरै रहेको कुरा छिमेकी मुलुक चीनले पनि स्वीकारेको छ ।
तर विश्वचर्चित इन्टरनेट इन्साइक्लोपेडिया विकिपिडियामा सर्वोच्च शिखर नेपालको सगरमाथा अञ्चलस्थित नेपाल–तिब्बत सीमामा पर्ने उल्लेख गरिएको छ । गुगलले विश्वकै सर्वोच्च शिखरबारे भएको यो गम्भीर त्रुटिमा सुधार गरेको छैन ।
गुगलले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि त्यसविरुद्ध सामाजिक सञ्जालमा पनि बिरोध भएके छ ।
यसैबीच सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा आज बिहान सुनसरीको इटहरीमा विरोध र्यालीको निकालिएको छ ।
इटहरी चोकमा आयोजना गरिएको र्यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
र्यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए । केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज क्षेत्रमा देखाइरहेको छ ।

