भूमिगत सङ्गठन जनतान्त्रिक टाइगरका सैन्य प्रमुख पक्राउ

भूमिगत सङ्गठन जनतान्त्रिक टाइगरका सैन्य प्रमुख पक्राउ

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

जनकपुरधाम, १२ चैत ।

‘जनतान्त्रिक टाइगर जनशक्ति पार्टी’नामक भूमिगत सङ्गठनका सैन्य प्रमुख पृथ्वीसिंह भनिने कैलाश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा ठाकुरलाई बिहिवार सार्वजनिक गरिएको कार्यक्रममा ठाकुरलाई गत माघ २२ गते नेपाली काँग्रेसका कार्यकर्ता राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको र सोही दलका नसिम राईनलाई गोली हानी घाइते बनाएको आरोप लगाइएको छ ।

प्रहरी उपरीक्षक रामदत्त जोशीले ठाकुर घटनामा सुटरको भूमिका निर्वाह गर्ने, फिरौती माग गर्ने र उद्योगपति, व्यवसायी, पेसाकर्मीलाई धम्की दिई अवैध चन्दा असुली गर्नेलगायत कार्यमा प्रत्यक्ष संलग्न रहेको बताउनुभयो ।

सिरहा जिल्ला मिर्चैया नयरपालिका वडा नं ६ का २० वर्षीय ठाकुरले सो सङ्गठनका तत्कालीन सैन्य प्रमुख अजयसिंह भनिने रामरिझन यादव पक्राउ भएपछि सैन्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

त्यस्तै प्रहरीले ठाकुरका सहयोगी र हातहतियार ओसारपसार गर्ने कारी भनिने विनोद यादवलाई समेत पक्राउ गरेको छ । सिरहा जिल्ला भेडिया गाविस–३ का ३० वर्षीय विनोदलाई गोली हानी हत्या गर्ने र बम विस्फोट गराउने कार्यमा संलग्न रहेको अभियोग लगाइएको छ । ठाकुर र विनोदबाट पेस्तोल र म्यागजिन एक एक थान, गोली सात राउन्ड तथा मोबाइल, भारतीय सिमकार्ड र नेपाली सिमकार्ड दुई दुई थान बरामद गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ