काठमाडौ, ११ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व अर्थतन्त्रको नेतृत्वकर्ताकोरुपमा उदय भइरहेको एसिया २१औं शताब्दीको परिवर्तित विश्व संरचनाको केन्द्रभागमा आइपुगेको बताउनु भएको छ ।
बोआओ फोरमलाई आज सम्बोधन गर्दै उहाले ‘विश्व अर्थतन्त्रलाई थप मजबुत् बनाउन विश्व समुदायले आज एसियाको आर्थिक गतिविधिलाई नियालिरहेको बताउनु भयो ।
‘एसियाली मुलुकहरुले अर्थतन्त्रमा गरेको अभूतपूर्व प्रगतिले एसियाको विशाल सम्भावनालाई औंल्याइदिएको उहाको भनाई छ ।
नयाँ खोज र प्रविधिले विकासका नयाँ ढोकाहरु खोलिरहेको बताउँदै उहाले भन्नुभयो –‘यस्ता नवीन खोजले मानवको हित सम्बद्र्धन गर्नुपर्छ । हरेक राष्ट्रलाई बेरोकटोक प्रविधिमाथिको पहुँच हुनुपर्छ ।’
‘एसियालाई समृद्ध बनाउन हाम्रा प्रयासले सहयोगका लागी अवसर र लाभलाई समान रुपले वितरण गर्ने खालको ढाचा तयार गर्नुपर्ने बताउनु भयो ।
ओलीले सबै एसियाली मुलुकको हीतमा सहकारीको खाकामा सम्बन्ध बिस्तार गर्नुपर्ने भन्दै उहाँले एशियालाई सुनौलो भविष्यतर्फ अघि बढाउन अहिले ठूलो अवसर रहेकोले यसको लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनु भयो ।
एसियालाई नयाँ दृष्टिकोण र आयामहरुका साथ सुनौलो भविष्यतर्फ अघि बढाउने समय अहिले आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि क्षेत्रीय सहयोग र सहकार्य जरुरी रहेको बताउनु भयो ।
बोआओ एसिया फोरममा सम्बोधन गर्ने प्रधानमन्त्री ओली नेपालको पहिलो प्रधानमन्त्री हुनुहुन्छ । प्राय राष्ट्रप्रमुखले सम्बोधन गर्ने फोरममा गत वर्ष राष्ट्रपति रामवरण यादवले सम्बोधन गर्नु भएको थियो ।
प्रधानमन्त्री ओली आजै चीनको पुरानो राजधानी सियान जानु हुनेछ । त्यहाँ रहदा उहाँले सान्ची प्रान्तका गभर्नर तथा स्थानीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सियानमा बौद्धमार्गीको बहुल्य र प्रसिद्ध बौद्ध गुम्बाहरु समेत रहेकाले नेपालसँग साँस्कृतिक सम्बन्ध समेत रहिआएको छ ।
सियानमा थुप्रै नेपालीहरु समेत अध्यायनरत छन् । प्रधानमन्त्री ओलीले सियान मेडिकल युनिभर्सिटीमा रहेको नेपाल चीन फ्रेनसिप रिसर्च सेन्टर अवलोकन गर्ने तथा नेपाली विद्यार्थीहरुसँग भेट गर्नुहुनेछ ।
सियानबाट उहाँ ओली भोली छेङ्दु जानुहुनेछ । छेङ्दुमा उहाँले भूकम्पपछि पुनरनिर्माण गरिएको क्षेत्र र जलविद्युत केन्द्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी आइतबार छेङ्दुबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।