चैत्र १२ एजेन्सी । भारतमा जारी टी ट्वान्टी विश्वकप क्रिकेट अन्तरगत आज पाकिस्तान र अष्ट्रेलियाबीच समुह चरणको अन्तिम खेल हुदै छ ।
पाकिस्तानलाई गणितीय रुपमा अघिल्लो चरण प्रवेशको संभावना जीवित राख्न आजको खेल जीत्नै पर्ने दवाव छ ।
अष्ट्रेलिया पनि अघिल्लो चरण प्रवेशको संभावना कायम राख्न आज जीत निकाल्ने रणनीतिमा छ ।
यस्तोमा दिउसो सवा ३ बजे पछि मोहालीमा हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
पाकिस्तान भारत र न्युजील्याण्डसग‘ पराजीत भएको थियो । भने अष्ट्रेलिया न्युजील्याण्डसग‘ पराजीत भएको थियो ।
आजै अर्को समुहमा रहेका दक्षिण अफ्रीका र वेष्ट ईन्डिजबीच खेल हुदै छ । विष्फोटक व्याटीङ क्षमता सहित शीर्ष स्थानमा रहेको वेष्ट ईन्डिज आजको खेल जीतेर सेमिफाईनल प्रवेश गर्न चाहन्छ । तर बलियो प्रतिद्धन्दी दक्षिण अफ्रीका पनि आजको खेल जीतेर सेमिफाईनलको बाटो सुरक्षित गर्ने प्रयासमा देखिन्छ ।
खेल साझ पौने ८ बजे नागपुरमा हुने छ ।